१९ मंसिर २०८२, शुक्रबार

गोल्डस्टारद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता सहयोग

प्रकाशित मिति :  12 November, 2023 1:56 pm


काठमाडौँ। नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारले जाजरकोट भूकम्प बाट पीडितका लागि सहयोग हस्तान्तरण गरेको छ ।

गोल्डस्टारको तर्फबाट किरण शूज म्यानुफ्याक्चरर कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३५ लाख मूल्य बराबरको १० हजार जोडी हस्तान्तरण गरेकी हुन् ।

राणाले भनिन्, “जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौँ ।”

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो ।

मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ । समयक्रममा गोल्डस्टारले बजारको मागसँग आपूmलाई समायोजन गर्दै आज आफूलाई फेसन ब्रान्डका रूपमा सफलतापूर्वक स्थापित गरिसकेको छ ।

हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस !