२० बैशाख २०८१, बिहिबार

आज छठ पर्व, काठमाडौँका २१ स्थानमा पूजास्थल

प्रकाशित मिति :  19 November, 2023 7:21 am


काठमाडौँ । आज छठ पर्व । मुख्य गरी तराइ भेगमा मनाइँदै आइएको छठ अब भने काठमाडौँ लगायत पहाडी तथा कतिपय हिमाली भेगमा तथा मुख्य सहरमा उत्तिकै प्राथिमकतासाथ मनाइन थालेको छ। 

आज ९आइतवार० छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ। भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुने प्रचलन रहीआएको छ।

काठमाडौँको विष्णुमती, गौरीघाट, गहनापोखरी, कमलपोखरी, कुपण्डोल, नख्खु, च्यासल लगायत २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । 

अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतवार साँझ राष्ट्रपति, उपराष्ट्रपतिसमेत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम तय भएको छ।  

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

ब्रतालुले आज रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर छठ समापन गरेर मात्र खाने प्रचलन छ। जलासय वरपर ब्रतालुहरू बिहानैदेखि पुग्न थालेका छन्।



प्रतिक्रिया दिनुहोस !