२४ बैशाख २०८१, सोमबार

पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली

प्रकाशित मिति :  22 November, 2023 2:19 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताएकी छन् । बुधबार काठमाडौँमा ‘भिजिट भरतपुर–२०२४’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

पर्यटन क्षेत्र कच्चापदार्थ भएको भन्दै उनले यसबाट नेपालले धेरै कुरा ‘बनाउन’ सक्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा पर्यटनका सम्भावनालाई विकाससित जोड्नुपर्ने बताइन् ।

नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा नीति पनि कारक रहेको उनको भनाइ छ । अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको उनले जानकारी दिइन् ।

पर्यटकलाई नेपालमा ल्याएर धेरै दिन कसरी राख्ने र के देखाउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको उनले औँल्याइन् ।



प्रतिक्रिया दिनुहोस !