१२ श्रावण २०८१, शनिबार

स्वास्थ्य बिमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त

प्रकाशित मिति :  30 November, 2023 4:41 pm


काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा.लोहनीलाई स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

डा.लोहनी चार वर्षका लागि अध्यक्ष पदमा रहनेछन्। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले लोहनीलाई सरकारले अध्यक्षमा नियुक्त गरेको हो।

गत माघ २४ गते डा .सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बिमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो। त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णय समेत भएको छ।



प्रतिक्रिया दिनुहोस !