१२ श्रावण २०८१, शनिबार

आज ३६औँ विश्व एड्स दिवस

प्रकाशित मिति :  1 December, 2023 8:41 am


काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइदैछ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने मूल नारासहित देशभर विश्व एड्स दिवस मनाउन लागिएको हो ।

प्रत्येक वर्ष डिसेम्बर १ का दिन विश्वभर विश्व एड्स दिवस यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउदै छ ।

सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेको थियो । नेपालमा १९८८ मा पहिलो एड्सको संक्रमण देखिएको थियो । सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ ।

विश्वभर एड्स सङ्क्रमणबाट ४ करोड ४ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेको तथ्याङकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस !