८ बैशाख २०८१, शनिबार

तेस्रो बौद्ध अन्तराष्ट्रिय सम्मेलन स्थगित

प्रकाशित मिति :  30 April, 2020 1:22 pm


रुपन्देही, १८ वैशाख । तेस्रो बौद्ध अन्तराष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

कोरोना संक्रमणका कारण सम्मेलन स्थगित गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । सरकारले २५६४ औं बुद्धजयन्ती तथा तेश्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन बनाउने निर्णय गरेको थियो ।

तर विश्वव्यापि रुपमा फैलिएको कारोना संक्रमणका कारण सम्मेलन स्थगित गरिएको कोषले जानकारी दिएको छ ।

का.मु. सदस्य सचिव ज्ञानिन राईले विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘ वि.सं. २०७७ सालको बैशाख २५ गते वैशाख शूक्ल पूर्णिमाका दिन तथा भएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह तथा सो भन्दा २ दिन अगाडिका लागि तया भएको तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रमहरु कोरोना भाइरस का कारण स्थगित भएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

सरकारले माघ २० गतेको मन्त्री परिषद् बैठकले २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई अन्तराष्ट्रिय स्तरको प्रतिनीधिको सहभागितामा भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

कोषले सरकारले कारोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निर्देशिका पालना गरेर पाठपुजासहित २५६४ वटा दीप प्रज्वलन गरिने समेत जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !