२१ बैशाख २०८१, शुक्रबार

अष्ट्रेलियासँगको अन्तिम टी २० मा भारत विजयी

प्रकाशित मिति :  4 December, 2023 7:16 am


काठमाडौँ। बैंग्लोरमा सम्पन्न अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । 

खेलमा भारत ६ रनले विजयी भएको हो। भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाएको थियो।

भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला जितेको हो। 



प्रतिक्रिया दिनुहोस !