२१ बैशाख २०८१, शुक्रबार

तीन प्रदेशका पहाडी क्षेत्रमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात हुनसक्ने

प्रकाशित मिति :  5 December, 2023 7:02 am


काठमाडौँ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागजले जनाएको छ। 

वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । 

हाल कोशी र लुम्बिनी प्रदेशको साथै  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधी को समेत आंशिक प्रभाव  रहेको छ विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !