२१ बैशाख २०८१, शुक्रबार

तीन प्रदेशमा पानी पर्ने, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

प्रकाशित मिति :  13 December, 2023 6:44 am


काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !