२१ बैशाख २०८१, शुक्रबार

राप्ती गाउँपालिका भूमिहीनको नाममा जग्गा पास गरिँदै, पुस २ देखि वडा नं ५ मा नापी हुने

प्रकाशित मिति :  14 December, 2023 8:18 am


काठमाडौँ। दाङस्थित राप्ती गाउँपालिकामा रहेका भूमिहीन दलित र सुकुम्बासी परिवारलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गराउने प्रक्रिया अगाडि बढाइएको छ।

गाउँपालिकाको वडा नं. ५ भित्र जग्गामा बसोबास गरिरहेका जनताको नाममा जग्गा कायम गर्न आउँदो पुस २ गतेदेखि नापी हुने भएको हो।

यसअघि २०७७ चैत १५ गते सरकारले पहिचान गरी छनोट गरेको सरकारी नाप नक्सा अनुरुपको जग्गा भूमिहीलाई उपलब्ध गराउन नापी हुन लागेको हो।

नापी कार्यालय लमहीले नापी टोली आउने समयमा सम्बन्धित क्षेत्रका जनतालाई आआफनो नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिई उपस्थित हुन अनुरोध गरिएको छ।

नापी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “उपस्थित भई आफूले आवाद कमोत गरेको जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला । नापी हुने विषयमा अरु जानकारी चाहिएमा सम्बन्धित टोली मुकाममा आइ बुझ्न सक्नुहुनेछ।”



प्रतिक्रिया दिनुहोस !