४ जेष्ठ २०८१, शुक्रबार

फ्र्याक्सन इन्चार्ज घर्तीद्धारा मे दिवसको शुभकामनाः कोरोनाका कारण समस्यामा परेका मजदुरको ध्यान दिन आग्रह

प्रकाशित मिति :  1 May, 2020 9:26 am


काठमाण्डौं,१९ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मजदुर फ्रयाक्सन इन्चार्ज जयपुरी घर्तीले १ सय ३१ औं मजदुर दिवसको अवसरमा शुभकामना दिदै कोरोना भाइरसका कारण समस्यामा परेका मजदुरहरुको बारेमा ध्यान दिन आग्रह गरेकी छन् ।

शुभकामनामा घर्तीले भनेकी छन्,‘ शिक्षा, स्वास्थ्य, विकास, संचार लगायतका क्षेत्रमा काम गर्ने मजदुरदेखि दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरको बारेमा पनि सोँच्नुपर्छ । कोरोनाका कारण कोही मजदुरले जागिर गुमाउन नपरोस्, दैनिक गुजारा गर्ने समस्या भोग्न नपरोस्, कानूनले तोके बमोजिमको सेवा सुविधाका समयमा पाउने व्यवस्था होस् ।’

उनले शुभ कामनामा विश्वको अर्थतन्त्रको विकासमा ठूलो योगदान रहने सबै क्षेत्र, तह र वर्गका मजदूरहरुकै कारण विश्वमा ठूला धनाढ्यहरु बनेका र जनताका सन्तान झुपडीबाट शासन सत्ता चलाउने ठाउँसम्म पुगेको स्मरण समेत गराएकी छन् ।

उनले संयुक्त राष्ट्र संघ र यसका एजेन्सीहरु, विश्वका राष्ट्र प्रमुख तथा सरकारी निकायहरु, दूतावासहरु, नेपाल सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुलाई मजदुरको अधिकार प्रत्याभूति गराउन विशेष ध्यानाकर्षण गराएकी छन् ।



प्रतिक्रिया दिनुहोस !