१६ बैशाख २०८१, आइतबार

विष्फोटमा निधन भएका बालबालिकाका परिवारको राहतका लागि संघीय सरकारलाई सिफारिश गरिने

प्रकाशित मिति :  1 May, 2020 2:57 pm


रुपन्देही,१९ वैशाख ।

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा हिजो बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने समते बताएका छन् ।

त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा विस्फोटमा ३ बालक र एक बालिकाको ज्यान गएको थियो ।

मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन् ।

यसैबीच, बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सी. घटनास्थल गएका छन् ।

सम्बन्धित समाचार:

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग




प्रतिक्रिया दिनुहोस !