२२ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बेलुकी साढे ५ बजे

प्रकाशित मिति :  2 May, 2020 3:07 pm


फाईल फोटो

काठमाडाैं, २० वैशाख । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बेलुकी साढे ५ बजे बस्ने भएको छ ।

पार्टीभित्र विवाद चर्किरहेका बेला सचिवालयको यो दोस्रो बैठक हो ।

१७ गते बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको सुदृढीकरण, आन्तरिक रुपमा देखिएको विवाद तथा सरकारका विषयमा थप छलफल गरेर बैठक बस्ने निर्णय गरेको थियो ।

तर, यो बीचमा शिर्ष तहका छलफल भएको औपचारिक जानकारीहरु आएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालपक्षबीच आफूपक्षीय सांसदहरुको हस्ताक्षर अभियान पनि रोकिएको छैन ।

बैठकले प्रधानमन्त्रीको राजीनामा तथा त्यसपछि हुन सक्ने विकसित घटनाक्रमबारे टुंगो लगाउने अपेक्षा गरिएको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा अगाडी बढाउन खोजिएको चर्चा चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा दल विभाजलाई सहज तुल्याउने अध्यादेश सरकारबाट आएपछि सत्तारुढ नेकपाभित्र विवाद चर्किएको छ ।

अहिले विवाद मत्थर पार्नका लागि आन्तरिक प्रयासहरु भईरहेका छन् । थप छलफलका लागि बेलुकी साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !