१३ बैशाख २०८१, बिहिबार

संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

प्रकाशित मिति :  3 May, 2020 1:07 pm


काठमाण्डौं, २१ वैशाख ।

सरकारले  संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान गर्ने संबैधानिक व्यवस्था छ ।

संबैधानिक व्यवस्था अनुसार संघीय सरकारले हरेक वर्ष जेठ १५ गते नयाँ बजेट घोषणा गर्नुपर्छ ।

बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउने छ ।



प्रतिक्रिया दिनुहोस !