२५ बैशाख २०८१, मंगलबार

हुस्सुले तराईको जनजीवन निरन्तर प्रभावित, उच्च पहाड र हिमालमा हिमपात हुने

प्रकाशित मिति :  24 January, 2024 7:01 am


काठमाडौँ। निरन्तर लागिरहेको हुस्सु/कुहिरोका कारण तराई भेगको जनजीवन बुधवार पनि प्रभावित हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसमको प्रतिकूलताको प्रभाव र चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ। 



प्रतिक्रिया दिनुहोस !