२५ बैशाख २०८१, मंगलबार

यस्तो छ शुक्रवार र शनिवारको मौसम

प्रकाशित मिति :  26 January, 2024 6:13 am


काठमाडौँ। नेपालमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

शुक्रवार र शनिवार देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया सफा रहन देखिएको हो। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने देखिएको छ। 

विभागका अनुसार शुक्रवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार राती पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने तथा उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

विभागको मौसम पूर्मानुमान बुलेटिनका अनुसार शनिवार दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

सम्भावित वर्षा, हिमपात र हुस्सुसमेतका कारण हुन सक्ने मौसमको प्रतिकूलताको प्रभाव र चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

माैसमसम्बन्धि शब्दावलीबारे जानकारी लिन यहाँ क्लिक गर्नुहाेला —–



प्रतिक्रिया दिनुहोस !