१६ बैशाख २०८१, आइतबार

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छः मनिषा कोईराला

प्रकाशित मिति :  28 January, 2024 7:54 am


काठमाडाैँ। अभिनेत्री मनिषा कोईरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्। शनिवार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले यस्ताे बताएकी हुन्।

कोईरालाले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने सुझाइन्। उनले अहिलेकै बाटोमा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन्।

कोईरालाले प्रश्न गरिन्,, “हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ । यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त ।”

वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्।

कोईरालाले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको, रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको चर्चा गर्दै यहाँकाे संस्कृति संरक्षणमा जाेड दिइन्।

उनले भनिन्, “वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ । हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त ।”

अभिनेत्री कोईरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताइन् ।

 —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !