२३ बैशाख २०८१, आइतबार

वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैनः उपकुलपति बस्नेत

प्रकाशित मिति :  29 January, 2024 10:32 am


काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको बताउँदै अहिले संसदमा पेश भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफूहरुको असहमति रहेको बताए ।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतष्ठानसँग छुट्याइनुपर्छ, भन्ने पेश भएको बताए। उनले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताए।

उनले भने, ‘कुनैपनि चिकित्सा शिक्षा सम्बन्धी युनिभर्सिटी सञ्चालन हुनका लागि त्यसको आफ्नो अस्पताल हुन अनिवार्य छ । त्यो अस्पतालमा जसरी अन्य विषयको पढाइ, कक्षा कोठामा हुन्छ, त्यसको पढाइ हुने भनेको अस्पतालमा बिरामीको साइडमा बिरामी हेरेर हुने हो । त्यो कुरालाई हृदयंगम गरेर नै २०६३ सालमा यो आउँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको छ ।

अहिलेको यो जुन संसदमा पेश भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतष्ठानसँग छुट्याइनुपर्छ, भन्ने पेश भएको बुझिएको छ ।

अथवा त्यसले नेपाल सरकारका अस्पतालसँग सम्झौता गरेर चलाउने भनेको छ, यसले गर्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले जुन उद्देश्यले स्थापना भएको हो यसले जुन लेभलको टेनिङहरु अहिले पढाइहरु गरिरहेको छ, यसमा असर पुग्छ । यो छुट्टिनु हुँदैन । यो छुट्टिँदा नेपालमा अहिले एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने नै यो संस्था हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आइसकेपछि देशका सबै संघीय अस्पताल, जिल्ला अस्पतालसम्म पनि पोस्ट ग्रेजुएट गरेका विशेषज्ञ चिकित्सक पुग्नुभएको छ । यो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको देन हो । जुन अहिले स्वास्थ्य सेवामा यति धेरै चिकित्सकहरुको उत्पादन भएको छ । यो कुरालाई यो संशोधनले प्रत्यक्ष असर गर्दछ । यो हुनुहुँदैन ।

उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर छुट्टिँदा नेपालमा एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने संस्थालाई नै असर पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !