१७ बैशाख २०८१, सोमबार

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत

प्रकाशित मिति :  29 January, 2024 2:19 pm


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेकाे बताउँदै त्यस्ता कमजाेरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताए ।

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !