१६ बैशाख २०८१, आइतबार

पहाडी भेगमा हल्का वर्षाको सम्भावना, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने

प्रकाशित मिति :  31 January, 2024 6:18 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तराईका केही स्थानहरूमा बिहानपख हुस्सुरकुहिरो लाग्ने पूर्मानुमान विभागको छ । बिहानै लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु  लागेको छ।

दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ क्लिक गर्नुहोला।



प्रतिक्रिया दिनुहोस !