१७ बैशाख २०८१, सोमबार

विराटनगरमा इस्कोन नेपालको भक्ति उत्सव कार्यक्रम सुरु

प्रकाशित मिति :  2 February, 2024 7:21 am


विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भाबनामृत संघ (इस्कोन) को भक्ति उत्सव समारोह सुरु भएको छ।

विराटनगरस्थित अतिथि सदनमा सुरु भएकाे कार्यक्रम आइतवार (माघ २१) गते सम्म चल्नेछ।

कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट करीब ६०० जनाको उपस्थिति रहेको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ताहरूद्वारा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम सङ्कीर्तनका साथै झाँकी प्रस्तुत गरिने भएको छ।

‘ईमपावरिङ दि युथ’ नारासहित इस्काेनले भक्ति उत्सव अगाडि बढाइकाे छ।



प्रतिक्रिया दिनुहोस !