१६ बैशाख २०८१, आइतबार

माघ २८ देखि पाँचौ चतुर्भुज माण्डवी कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव

प्रकाशित मिति :  3 February, 2024 9:12 am


काठमाडौँ । आउदो माघ २८ गतेदेखि रोल्पाको खुङ्ग्रीमा पाँचौ चतुर्भुज माण्डवी कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०८० हुने भएको छ।

सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्री मुख्य कार्यालय रहेको चतुर्भुज युवा क्लवको आयोजनामा हुने मेला फागुन ७ गतेसम्म चल्नेछ । 

महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा विक्री वितरणका लागि राखिने भएको छ । स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्धनका कार्यक्रम हुने भएको छ। 

मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ । हरेक दिन मेला बेलुका ६ः३० सम्म चन्ने क्लवले जनाएको छ ।

करिब २०० स्टल रहने महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने तथा करिब रु १ करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक तथा क्लवका अध्यक्ष श्यामलाल भारतीले बताए ।  

राेल्पा र प्युठान जिल्लाकाे संगमस्थल चतुर्भुजमा महाेत्सव गर्नका लागि शुक्रवार जिल्ला प्रशासन कार्यालय बाट स्विकृति प्राप्त भएकाले मेलाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने अध्यक्ष भारतीले जानकारी दिए। 

.



प्रतिक्रिया दिनुहोस !