१७ बैशाख २०८१, सोमबार

विद्यार्थी भर्ना नगर्न र कुनैपनि ढंगले शुल्क नलिन सरकारको निर्देशन

प्रकाशित मिति :  4 May, 2020 7:44 pm


काठमाण्डौं, २२ वैशाख ।

सरकारले विद्यार्थी भर्ना नगर्न र कुनैपनि ढंगले शुल्क नलिन विद्यार्थीहरुलाई निर्देशन दिएको छ ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई र कक्षा ११ र १२ को परीक्षाबारे कुनै निर्णय नभएको समते स्पष्ट पारेको छ ।

मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णयबारे विज्ञप्ति मार्फत जानकारी गराउँदै नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनैपनि विद्यालयले कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न नगराउन भनेको छ ।

मन्त्रालयले भनेको छ,‘ हाल सबै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित गरेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनैपनि विद्यालयले कुनैपनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु नगराउनु हुनका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने,अनलाईन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु नगराउनु हुन सूचित गरिन्छ ।’

मन्त्रालयले कक्षा १० को अन्त्यमा लिइने माध्यामिक शिक्षा परीक्षा(एसर्ईई) र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित भएको अवस्थामा कुनै थप वा नयाँ निर्णय नभएको जानकारी गराएको छ ।

यसबारे सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

संस्थागत विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क मध्य आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने निर्णय भएको स्मरण गराउँदै यसबारे अभिभावक र स्थानीय तहलाई जानकारी गराउन मन्त्रालयले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !