१२ श्रावण २०८१, शनिबार

नेपालगञ्ज उपमहानगरपालिका निषेधित क्षेत्र घोषणा,सुरक्षाकर्मी र स्वाथ्यकर्मीमात्रै बाहिर निस्कन पाउने

प्रकाशित मिति :  4 May, 2020 8:37 pm


 

बाँके, २२ वैशाख ।

कोरोना संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उपमहानगरपालिकालाई भोलीदेखि तीन दिनसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । भोली बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए ।

निषेधित क्षेत्रको अवधिमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्रै बाहिर निष्कन पाउने छन् । निषेधित क्षेत्र घोषणापछि संक्रमितहरुको ट्रयाकिङ र स्वाब परीक्षण प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी खड्काको विश्वास छ ।

सर्बदलीय सर्वपक्षीय बैठकको निर्णयमा‘ उक्त अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैले घरबाहिर निष्कन नपाउने’ भनिएको छ ।

नेपालगञ्जमा १६ जना संक्रमित भेटिएका छन् । हिजोमात्रै १५ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि उपमहानगरपालिकामा निषेधित क्षेत्र घोषणा गरेर काम सुरु गरिएको हो ।

बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग



प्रतिक्रिया दिनुहोस !