४ जेष्ठ २०८१, शुक्रबार

स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति :  9 February, 2024 2:54 pm


काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बसौलाको रिटमा सर्वोच्चका न्यायाधिश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। बसौलालाई गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले निलम्बन गर्ने निर्णय गरेको थियाे ।

यसअघि नै मन्त्री बस्नेतले निलम्बन गरेका बसौलालाई सर्वोच्च अदालतले पुस दोस्रो साता अन्तरिम आदेश जारी गरी पुनस्र्थापना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !