१६ बैशाख २०८१, आइतबार

घरजग्गाको कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको छः महासचिव घिमिरे

प्रकाशित मिति :  10 February, 2024 7:08 pm


काठमाडौँ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताएका छन्।

शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आएका व्यवसायीहरुले भोग्नु परिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहनुपर्ने चर्चा गरे।

उनले आफ्नो उद्देश्य प्राप्तिको लागि सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

बैंकमा अथाह पैसा भए पनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइ दिन नसकेको महासचिव घिमिरेको भनाइ छ।

उनले भने, “नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहँदै निरन्तर रुपमा आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता हो ।”

कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको चर्चा गर्दै उनले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेकय पास भएकाले यो निर्णय सकारात्मक रहेको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !