६ पुस २०८२, आइतबार

‘गार्गी कन्या गुरुकुल’ अक्षयकोष स्थापना गर्न श्रीमद्भागवत ज्ञानमहायज्ञ हुँदै

प्रकाशित मिति :  11 February, 2024 5:19 pm


काठमाडौँ । ‘गार्गी कन्या गुरुकुल’ अक्षयकोष स्थापना गर्न श्रीमद्भागवत ज्ञानमहायज्ञ हु्ने भएको छ ।

आवास, भोजन र भौतिक संरचनाका अतिरिक्त शैक्षिक व्यवस्थापनका लागि दीगो आर्थिक स्रोत र त्यसको लागि सुदृढ अक्षयकोष स्थापना गर्न श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने जनाइएको छ ।

वालिकाहरुको पहिलो समावेशी गुरुकुलको संरक्षणको, सम्बर्धन एवम् प्रवद्र्धन गर्ने उदेश्यले अक्षय कोष स्थापना गर्नको लागि फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने छ ।

यस महायज्ञ पाशुपत क्षेत्रस्थित वनकालीमा रहेको सुमार्गी भवनमा हुने उल्लेख गरिएको छ । महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन् भने महायज्ञको प्रमुख कथा वाचक पं. कुवेर सुवेदी हुन् ।

देवघाटमा रहेको नेपालकै पहिलो समावेशी गार्गी कन्या गुरुकुलमा ४७ जिल्लाका ८० कन्याहरुले आवासीय सुविधा सहित शिक्षा निशुल्क प्राप्त गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !