१७ बैशाख २०८१, सोमबार

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

प्रकाशित मिति :  5 May, 2020 8:02 am


काठमाण्डौं, २३ वैशाख ।

नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले विज्ञप्ति निकालेर नेपालगञ्जमा थप कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

संक्रमित हुनेमा नेपागञ्ज-८ निवासी २२,३० र ४० बर्षका पुरुष र ९,३२,३४ र ५५ बर्षका महिला रहेका छन् ।

यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । यसअघि १६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यससँगै देशभर संक्रमितको संख्या ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकाल्दै सबैको स्वास्थ्य अवस्था समान्य रहेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ हालसम्म प्राप्त विवरण अनुसार निजहरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।

बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग

अहिलेसम्म प्रदेश १ मा सबैभन्दा धेरै ३१ जना कोरोना संक्रमित भेटिएका छन् भने त्यसपछि प्रदेश ५ मा २४ जना छन् । प्रदेश ५ अन्तर्गत बाँकेमा मात्रै २३ जना र रुपन्देहीमा १ जना संक्रमित भेटिएका  हुन् ।

प्रदेश २ मा १३, बागमती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रमित भेटिएका छन् ।

देशभर ८२ जना संक्रमित मध्य १६ जनाभने उपचारपछि फर्किसकेका छन् । संक्रमितमा पुरुषको संख्या धेरै छ । हालसम्म संक्रमित मध्य पुरुष ६१ दशमलव ७४ प्रतिशत र महिला २१ दशमलव २६ प्रतिशत रहेका छन् ।

सम्बन्धित समाचार

बाँकेका सांसदहरुद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण, तत्काल विशेष स्वास्थ्य टोली परिचालन गर्न माग

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए



प्रतिक्रिया दिनुहोस !