१८ बैशाख २०८१, मंगलबार

नेपालगञ्जमा अहिलेसम्म भेटिएका २३ जना कोरोना संक्रमितमा २ जना बालिका

प्रकाशित मिति :  5 May, 2020 9:07 am


काठमाण्डौं, २३ वैशाख ।

नेपालगञ्जमा भेटिएका २३ जना कोरोना संक्रमित मध्य २ जना बालिका रहेका छन् ।

अहिलेसम्म ७ वर्षीया र ९ वर्षीया बालिका रहेको खुलेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको विज्ञप्ति अनुसार ९ वर्षीया बालिकापनि संक्रमित भएको पुष्टि गरेको छ ।

अस्तिमात्रै ७ वर्षीया बालिकापनि संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको थियो । योसंगै कोरोना संक्रमणबाट बालबालिका समेत जोखिममा परेको देखिएको छ । देशभर संक्रमित ८२ मध्य बाँकेमा पहिलोपटक बालबालिकामा पनि संक्रमण देखिएको हो ।

            सम्बन्धित समाचार:

आज मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ६९ पुग्यो

बाँकेमा अहिलेसम्म भेटिएका सबै गत १९ गते संक्रमित पुष्टि भएका पुरुषसँग भेटघाट गरेका व्यक्ति हुन् । ति व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएपछि उनीसँग सम्पर्क भएका व्यक्तिको पहिचान गरि ९४ जनाको    स्वाब  संकलन गरिएको थियो ।

संकलित नमुना मध्य २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २३ जनामध्य ७ र ९ वर्षीया बालिका रहेका छन् ।

          सम्बन्धित समाचार:

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए



प्रतिक्रिया दिनुहोस !