१७ बैशाख २०८१, सोमबार

कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई गृह जिल्ला रोल्पामा भव्य स्वागत

प्रकाशित मिति :  24 February, 2024 8:38 am


काठमाडौँ । विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई रोल्पामा भव्य स्वागत गरिएको छ । रोल्पाको मिरुलमा जन्मिएका बुढामगरलाई गृह जिल्ला रोल्पामा भव्य स्वागत गरिएको हो ।

बेयाली सेनामा कार्यरत रहेका बेला सन् २०१० मा तालिवानी विद्रोहीले थापेको एम्बुसमा परेर घुँडाभन्दामाथिदेखि खु्टा गुमाएका हरि बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए ।

सगरमाथाको सफल आरोहणपछि पहिलो पटक गृह जिल्ला रोल्पा पुगेका बुढामगरलाई जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ रोल्पा, थबाङ गाउँपालिका, रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, स्थानीय विद्यालयहरूले स्वागत गरेका हुन् ।

बुढामगरले सफल आरोहणपछि रोल्पा आउने तिब्र इच्छ भए पनि विभिन्न कारणले ढिलाई भएको बताए । आफूले रोल्पालीहरूको शिर उचो गराउन सफल भयो होला भन्ने विश्वास लागेको बताए ।

हरिले माउन्ट ब्लोंक (४,८१० मिटर), किलिमन्जारो (५,८९५ मिटर), चुलु फार वेस्ट (६,०५९ मिटर) र मेरा पिक (६,४७६ मिटर)को सफल आरोहण गरिसकेका छन्। उनले मेरा पिक दोहाेर्‍याएर आरोहण गरेका छन्।

रोल्पामा रहँदा कीर्तिमानी आरोही बुढालाई विभिन्न संघसंस्थाले थप सम्मान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !