यो वर्षको स्वस्थानी ब्रतकथा आज सकिँदै
प्रकाशित मिति : 24 February, 2024 2:08 pm
काठमाडौँ। आजदेखि स्वस्थानी ब्रतकथा सम्पन्न भएको छ। हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने गरिन्छ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान गरी स्वस्थानी व्रत लिने तथा कथा वाचन शुरु गर्ने संस्कार रहेको छ।
सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।
एक महिनासम्म चलेको काठमाडौँको साँखुस्थित शालिनदीमा माघस्नान तथा माधवनारायणको मेला शनिवारबाट सम्पन्न हुँदैछ। सदा झैं आज पनि शालीनदी आसपास र देशभरका मठमन्दिरमा ब्रतालसको ठूलो घुँइचो छ।
शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन शालीनदी पुग्ने गर्दछन्।
आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ ।








