१४ बैशाख २०८१, शुक्रबार

नेपालको नयाँ नक्शाबारे बोलेर विवादमा परिन नायिका वर्षा राउत(भिडियोसहित)

प्रकाशित मिति :  24 May, 2020 8:39 am


काठमाण्डौं, ११ जेठ ।

नेपाली चलचित्र क्षेत्रकी नायिका वर्षा राउत विवादमा ताएिकी छन् । उनले नेपाल र भारतको सीमा सम्बन्धि धारणा राखेपछि विवादमा तानिएकी हुन् । अहिले उनको १८ सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनले भिडियामा भनेकी छन्,‘यो हाम्रो हो तिमीहरु किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होईन नि त यो । यो त टेबल टक गरेर उताको गभर्मेन्ट र यताको गभर्मेन्ट मिलेर पो कुरा गर्ने हो । यहाँ त झगडा झगडा पारि राछ के दुईटा(दुई देशको) जर्नलिष्ट मिलेर । म अब मेरो इण्डियन फ्रेण्डसहरुसँग कसरी फेस गर्ने ? अनि मेरो इण्डियन फ्रेण्डसहरुले मसँग कसरी फेस गर्ने ?’

राउतले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल—४ बाट डेब्यु गरेकी थिइन्। छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा उनको चर्चा चुलिएको थियो । अहिले नेपालको नयाँ नक्शाबारे गलत बोलेको भन्दै सामाजिक सञ्जालमा नायिका वर्षा राउतको आलोचना भइरहेको छ ।

अहिले नेपालले लिम्पियाधुरा,कालापानी,पिलुलेक समेटेर नक्सा सार्वजनिक गरेपछि भारतले अस्वीकार गरिरहेको छ भने भारतीय मिडिया समेत नेपालको विरोध गरिरहेका छन् ।

भारतीय चलचित्र नगरी बलिउडलाई आफ्नो कार्म क्षेत्र बनाएकी अभिनेत्री मनीषा कोइरालाले नेपालको नक्शाको समर्थन गर्दा भारतमा आलोचना भइरहेको छ भने नेपालमा प्रशंसा भईरहेका छ । तर नेपाली चलचित्रकी नायिका राउत भने विवादमा तानिएकी छन् ।

हेर्नुहोस् नायिका राउतले के भनेकी थिईन्:



प्रतिक्रिया दिनुहोस !