२३ बैशाख २०८१, आइतबार

आजदेखि कक्षा १२ को परीक्षा शुरु, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुँदै

प्रकाशित मिति :  26 April, 2024 8:12 am


काठमाडौँ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । देशभर आज बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।


truhlarstvibilek.cz mads nørgaard taske wiener-bronzen.com teplakova suprava panska teplakova suprava thepolarispetsalon.com feinsmecker strømper teplakova suprava panska bundy kilpi damske wiener-bronzen.com saljofa.com teplakova suprava pánský náhrdelník kůže zub teplakova suprava panska wiener-bronzen.com

आजदेखि शुरु भएको परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे ।

यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ रमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !