१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरः समाजिक दूरी कायम गर्न तरकारी बजारमा नगरपालिकाका स्वयंसेवक (भिडयाे सहित)

प्रकाशित मिति :  4 April, 2020 8:28 pm


 

भक्तपुर, २२ चैत । 

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाले काेराेना (काेभिड १९) काे संक्रमण फैलन नदिन तरकारी बजारमा नगरपालिका खटाउन थालेकाे छ । अत्यावस्यक वस्तु खरिद गर्ने स्थानमा संक्रमण फैलनसक्ने भन्दै नगरपालिकाले सक्रियता देखाएकाे हाे ।

विहान ६ देखि ९बजेसम्म र ५ देखि ८ बजेसम्म खाद्य जन्य पसलहरू खुल्ने गरेका छन् । सूर्यविनायककाे मुख्य तरकारी बजार मानिने सल्लाघारी चाेकमा सनिबार बेलुका समान्य अवस्था भन्दा थाेरै चहलपहल थियाे । पसलदेखि सडक छेउका तरकारी पसल खुला थिए । करिव आधा दर्जनकाे संख्यामा रहेका स्वयंसेवकहरू मास्क, पंजा र सेताे गाउन लगाएर पसलकाे भिडभाड कम गरिरहेका थिए ।

स्वयमसेवकहरूले तरकारी पसलमा पालैपालाे किनमेल गर्न, बाटाेमा सँगसँगै हिडेकाहरूलाइ दुरी कायम गर्न, मास्क नलगाएकालाइ मास्क लगाउन र साना वालवालिकालाइ बजारमा  नल्याउन अनुराेध गरिरहेका थिए । कतिपय बजार आइसकेका बालवालिकालाइ पनि घर फिर्ता गरिरहेका थिए ।

तरकारी पसललेहरूले पनि ग्राहकलाइ पालैपालाे सामाजिक दुरी कायम राख्न सम्झाउने गरेका छन् भने उपभाेक्तासमेत अधिकांसले मास्क लगाएका देखिन्थे । आफ्नै लागि गरेकाे भन्दै नगरपालिकाकाे कामकाे प्रसंसा गरिरहेका देखिन्थे ।



प्रतिक्रिया दिनुहोस !