१२ बैशाख २०८१, बुधबार

लकडाउनमै गायिका शाहको दाेस्राे गीत ‘माैन’ बजारमा (म्युजिक भिडियाे सहित)

प्रकाशित मिति :  7 May, 2020 1:23 pm


काठमाडाैं, २५ वैशाख । 

लकडाउनमै अवधिमै गायिका रेखा शाहले दाेस्राे गीत ‘माैन’ सार्वजनिक गरेकी छिन् । यसअघि यही वैशाख पहिलाे साता फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरिसकेकी छिन् ।

शाहकाे स्वर रहेकाे ‘माैन’ गीत भुपेन्द्र खड्का काे शब्द तथा हरि लम्सालले कम्पाेज गरेका हुन् । गीतकाे एरेन्ज फणिन्द्र राईले गरेका छन् । म्युजिक भिडियाेमा गायिका शाह आफैले अभिनय गरेकी छिन् । म्युजिक भिडियाेका निर्देशक नितिन चन्द, क्यामरा तथा सम्पादन रूपेस थापा र मेकप शुफी सुनुवारले गरेकी हुन् ।

२०४९ सालमा सिमसिमे पानीमा गीतबाट ‘लोकगीत प्रतियोगिता’मा प्रथम भएकी थिएन् । याे गीतकाे सफलतासँगै हालसम्म शाहलाइ सीमसीमे पानीमा गीतकी गायिकाका रूपमा चिनिन्छिन् । संगीत बाहेक समाजसेवामा समेत सक्रिय उनका आधुनिक तथा पप शैलीका ३ वटा एल्बमहरू प्रकाशित छन् भने दर्जनौं गीतहरू हिट छन् |

लकडाउनकाे समयलाइ सदुपयाेग गर्दै  पुस्तक पढ्ने, सिनेमा हेर्ने र गीत सुन्ने गरिरहेकी उनी निरन्तर संगीत साधनामा छिन् ।

यसअघि सार्वजनिक ‘जिन्दगीकाे अर्थ’सम्बन्धित समाचार

‘सीमसीमे’ गायिका रेखाको ‘जिन्दगीको अर्थ’ (भिडियाे)



प्रतिक्रिया दिनुहोस !