१२ श्रावण २०८१, शनिबार

सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन

प्रकाशित मिति :  7 May, 2020 1:38 pm


काठमाण्डौं, २५ वैशाख ।

संघीय संसदका सबै सांसदको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन भएको छ । बैठक बस्नअघि सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरिएको हो ।

राष्ट्रपति विद्या भण्डारीले वैशाख भोली दिउँसो ४ बजेबस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक बस्नुअघि सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

आज संसद् भवनबाट सांसदहरुको नमूना संकलन गरिएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था भएकाले भोलीदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । संसदमा भौतिक दुरी कायम गरेर सांसदहरु बस्ने र सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

नमुना संकलन गरिएका सबै सांसदको रिपोर्ट बेलुकीसम्म आउने संसद सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !