१५ बैशाख २०८१, शनिबार

नवलपरासीका दुग्ध किसानसँग विनोद चौधरीको छलफल, समस्या समाधानको सहजीकरण गर्ने प्रतिवद्धता

प्रकाशित मिति :  12 March, 2024 4:14 pm


काठमाडौँ । सांसद तथा चौधरी ग्रुपमा अध्यक्ष विनोद चौधरीले नवलपरासीका दुग्ध किसानसँग छलफल गरेका छन्। दुध विक्री नभएको, उत्पादनले मूल्य नपाएको लगायतका विषयमा समस्या समाधानका बारेमा छलफल गरिएको हो।

छलफलमा चौधरीले किसानका समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । किसानहरुलाई समस्यामा पारेर कृषिमा मुलुकले प्रगति नगर्ने भन्दा आफ्नो निर्वाचन क्षेत्रका किसानसँग छलफल गरका हुन्।

छलफलका विषयमा सामाजिक सञ्जालमा जानकारी दिँदै चौधरीले भनेका छन्, “किसानका समस्या समाधानका लागि व्यक्तिगत तर्फबाट र सरकारसङ्ग समन्वय र सहजीकरणका लागि पहल गर्नेछु।”

चौधरीको फेसबुक पोष्टमा सयौँको संख्यामा कमेन्ट गरिउको छ । कमेन्ट गर्नेले दुग्ध किसानका समाधान गर्न सरकारले भूमिका नखेलेमा चौधरी ग्रुपबाट पनि सहजीकरण गर्न सुझाएका छन्।



प्रतिक्रिया दिनुहोस !