४ जेष्ठ २०८१, शुक्रबार

आज फ्लोरा एक्स्पोको तेस्रो दिन,४५० प्रजातिका फूल एकै थलोमा अवलकोकन गर्न पाइने

प्रकाशित मिति :  16 March, 2024 10:00 am


काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा जारी २५ औँ फ्लोरा एक्स्पोको आज तेस्रो दिन । शनिवार पनि भएकाले आज अन्य दिनभन्दा गुणात्मक रुपमा धेरैको अवलोकन हुने आयोजकको अपेक्षा छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार बिहीबारदेखि जारी एक्स्पोको दोस्रो दिनसम्म २३ हजारले अवलोकन गरेको र ५० लाख बराबरको कारोबार भएको छ ।

एक्स्पोमा ४५० थरिका पुष्प तथा पुष्पजन्य उत्पादन अवलोकन तथा खरिद गर्न पाइने व्यवस्था रहेको अध्यक्ष मीन बहादुर तामाङले जानकारी दिए ।

“स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ संचालन गरिएको एक्स्पो चैत ४ गतेसम्म हुनेछ।

एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहेका छन्।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।



प्रतिक्रिया दिनुहोस !