४ जेष्ठ २०८१, शुक्रबार

फ्लोरा एक्स्पोको आज अन्तिम दिन, तीन दिनसम्म ४० हजारले गरे अवलोकन, ८५ लाखको कारोबार

प्रकाशित मिति :  17 March, 2024 7:49 am


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनामा जारी २५ औँ फ्लोर एक्स्पोको आज चौथो तथा अन्तिम दिन रहको छ।

बिहीवारदेखि चलिरहेको मेलाको तेस्रो दिन (शनिवार) सम्म ४० हजारले गरे मेला अवलोकन गरेका छन् भने ८५ लाखको कारोबार भएको एसोसिएसनले जनाएको छ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलाको शनिवार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले अवलोकन गरेकी थिइन् ।

अवलोकनपछि पत्रकारसँग कुरा गर्दै पुष्प क्षेत्रको सम्भावना निकै रहेको पाएको र यस क्षेत्रको प्रवर्धनका लागि मन्त्रालयले भूमिका खेल्ने बताइन्।

मन्त्री ज्वाला उद्घाटन कार्यक्रममा सो दिन चलिरहेको सहकारी पीडितको आन्दोलनका कारण सुरक्षा चुनौति रहेको भन्दै गृह मन्त्रालयले रोकेपछि उपस्थित हुन सकेकी थिइनन्।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी गराए।

एक्स्पोको ५० हजार भन्दा बढीले अवलोकन गर्ने तथा कुल करोबार एक करोड भन्दा बढी हुने एसोसिएसनको अनुमान छ ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको छ। एसोसिएसनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !