४ जेष्ठ २०८१, शुक्रबार

नेपाल डेरी एसोसिएसनद्धारा प्रोलिफिक स्कुलका पाँच सय विद्यार्थीलाई दुधपान

प्रकाशित मिति :  18 March, 2024 4:43 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसन र दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयका विद्यार्थीलाई दूध पान गराएको छ।

विद्यालय करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका मन्त्री ज्वाला कुमारी शाहको उपस्थितिमा दूध पान गराइएको हाे ।

कार्यक्रममा स्कुलका बालबालिकालाई दूध पान गराउनुका साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बाेल्दै नेपाल डेरि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मन्त्रीको सक्रियाताले दुधकाे भुक्तानी नपाएको किसानले केही दिनमा नै भुक्तानी पाउने व्यवस्था गरेको भन्दै मन्त्री साहालाई धन्यवाद व्यक्त गरेका छन् ।

दाहालले अगामी दिनमा बाकीँ किसानहरूका समस्यालाई समेत समाधान गर्नको लागि सक्रिया भएर लाग्नको लागि मन्त्री साह समक्ष आग्रह गरे ।

उनले पछिल्लो समय डेरि एसोसिएसनले विद्यालयमा दुध खुवाउने कार्यक्रम अभियानकै रूपमा अघि बढाएको बताउँदै अगामी दिनमा सरकारले नै यस्ता कार्यक्रम अनिवार्य संचालन गर्नको लागि कदम चाल्नु पर्ने बताए ।

त्यस्तै दुग्ध विकास संस्थानका संजीव झाले दूध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताए । केन्द्रीय दुग्ध सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख हो र त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताए ।

कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले सरकारले निजि र सरकारीलाई एउटै आँखाले हेर्नु पर्ने बताउँदै नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि अत्यन्तै सकारात्मक भएको र अहिलेको यो दुध तथा दुग्ध पदार्थ स्टक रहेको बेला यस्तो उपभोग बढाउन स्कुलमा दुध पान कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले विद्यार्थीलाई दिवा खाजामा एक गिलास दुध अनिवार्य खुवाउने कार्यक्रम समेत ल्याउनको लागि आफूले पहल गर्ने बताइन् । उनले भनिन्, “पछिल्लो समय दुध खपत नभएको भन्ने समाचार आएको छ । त्यसकारण हरेक सरकारी र निजी विद्यालयहरूमा एक गिलास दुध खुवाउने कार्यक्रम ल्याउनको लागि पहल गर्नेछु ।”



प्रतिक्रिया दिनुहोस !