२० बैशाख २०८१, बिहिबार

दुई हप्ते कृषि मेशिनरी औजार मर्मत आवासिय तालिम हुँदै चैत २० सम्म आवेदन दिइसक्नुपर्ने

प्रकाशित मिति :  22 March, 2024 8:20 am


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र कृषि विभाग अन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रको आयोजनामा कृृषि मेसिनरी औजार मर्मत तथा संचालन सम्बन्धि तालिम हुने भएको छ ।

गत चैत ५ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिन भित्र आवेदन दिन आव्हान गरिएको हो । १८ देखि ४५ वर्ष उमेर भएका र न्युनतम ८ कक्षा पास भएकाले आवेदन दिन सक्ने जनाइएको छ।

विदेशमा काम गरेर फर्केका र महिलालाई विशेष प्राथमिकता दिइने नामियाका अध्यक्ष कृष्ण शर्माले बताए।

नामियाको आधिकारिक इमेल र फोन नम्बरमा सम्पर्क गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तालिम निशुल्क हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !