१६ बैशाख २०८१, आइतबार

आज तीन संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  22 March, 2024 9:34 am


काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसमध्ये मध्यान्ह्र १२ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !