२२ बैशाख २०८१, शनिबार

गगनको टिप्पणीः नेपाली राजनीतिमा छट्टुहरू हाबी भए

प्रकाशित मिति :  26 March, 2024 4:24 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । रास्वपा नेताहरूप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको आरोप समेत लगाए ।

उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

उनले भने, “राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मती दुवै भएको मान्छे चाहियो । मती छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुईवटै चाहियो । किनकी यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नैपर्छ ।”

महामन्त्री थापाले काँग्रेस भित्र पनि मति बिग्रेका नेताहरू भएको भन्दै त्यसमा सुधार गरेर अघि बढनुपर्ने स्वीकार गरे ।



प्रतिक्रिया दिनुहोस !