२१ बैशाख २०८१, शुक्रबार

कपिलवस्तु,उदयपुर र पर्सामा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित १ सय ९ पुगे

प्रकाशित मिति :  9 May, 2020 8:17 am


काठमाण्डौं, २७ वैशाख ।

थप ७ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार उदयपुरमा ३ जना र कपिलवस्तुमा ३ जना र पर्सामा १ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

विहान मन्त्रालयका मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले निकालेका विज्ञप्तिमा उदयपुर भुल्केका १८,४५ र ६५ वर्षीया महिला, कपिलवस्तुमा १७,१८ र १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

यो संगै देशभर कोरोना संक्रमणको संख्या १ सय ९ पुगको छ ।



प्रतिक्रिया दिनुहोस !