१९ बैशाख २०८१, बुधबार

प्रतिनिधीसभा बैठक बस्दै, खाद्य स्वच्छता विधेयक पारितका लागि प्रस्ताव गरिने

प्रकाशित मिति :  3 April, 2024 8:09 am


काठमाडौँ। बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधीसभाको वैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।

वैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

गत फागुन ४ गते कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक,२०७७ पारित भइसकेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची रहेको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !