१४ बैशाख २०८१, शुक्रबार

भारतीय दूतावास अगाडी प्रर्दशन गर्न गएका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ

प्रकाशित मिति :  9 May, 2020 2:19 pm


फोटोः यशु लामाको फेसबुकबाट

काठमाडौं, २७ वैशाख । 

भारतीय दूतावास अगाडि प्रर्दशन गर्न गएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको सार्वजनिक भएपछि अनेरास्ववियूका नेता कार्यकर्ताले आज भारतीय दूतावास अगाडि  लैनचौरमा शान्तपूर्वक प्रदर्शन गर्न पुगेका थिए ।

प्रहरीले प्रदर्शनमा सहभागी अनेरास्ववियूका पूर्वकेन्द्रीय सचिव सुदेश पराजुलीलगायत २० जना विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियूले जनाएको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेर यातायात सञ्चालन गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।

        सम्बन्धित समाचार

मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन

मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन



प्रतिक्रिया दिनुहोस !