१९ बैशाख २०८१, बुधबार

रैथाने बाली प्रवर्धन गर्दै रोल्पा नगरपालिका, उत्पादनदेखि बजारीकरणसम्म अनुदान

प्रकाशित मिति :  7 April, 2024 9:19 am


काठमाडौँ । रोल्पा जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाले रैथानै बाली प्रवर्धन कार्यक्रम लागू गरेको छ । पालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम र जैविक विविधिता संरक्षण कार्यक्रम अन्तर्गत अनुदानकाे कार्यक्रम लागू गरेको हो ।

पालिकाले कोदो, फापर, जुनेलो, गहत र मास खेती गर्ने कृषकलाई लक्षित गर्दै अनुदानको कार्यक्रम ल्याएको हो । पालिकाले सार्वजनिक सूचना जारी गर्दै तीन वटा शिर्षकमा अनुदानको आव्हान पनि गरेको छ ।

आगामी चैत २९ सम्म कार्यक्रम प्रस्ताव पेश गर्न गरिएको आव्हान अनुसार रैथाने बालीका खेती गरिने ठाउँका कृषक समहू वा सहकारीका लागि ५० प्रतिशत अनुदानमा मेशिनरी उपकरण उपलब्ध गराउने जनाइएको छ ।

ुरैथाने बाली चुट्ने मेशिन, फल्ने मेशिन, जोत्ने मिनिटिलर र भण्डारण गने सिड विन लगायतको उपकरणमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने पालिकाले जनाएको छ ।

रैथाने बालीको बजारीकरणका लागि लेबलिङ, प्याकेजिङ गर्ने कोशेली घरलाई पनि अनुदान उपलब्ध गराइने भएको छ । दर्ता भएका होमस्टेहरुका लागि लोपोन्मुख रैथाने जातको संरक्षणका लागि पकेट स्थापना तथा व्यवस्थापनका लागि पनि अनुदानको व्यवस्था गरिएको हो



प्रतिक्रिया दिनुहोस !