२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र गृहमन्त्रीको प्रस्ताव पेश गरिनेसमेतका विषय कार्यसूचीमा

प्रकाशित मिति :  9 April, 2024 7:16 am


काठमाडौँ । आज (मंगलवार) प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने लगायतका विषय कार्यसूची छन्।

बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने भएका छन्।

नेपाली कांग्रेसका सांसदहरु भने गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै रोष्टममा जान नदिने अडानमा रहेका छन्।

कांग्रेसले सांसद अवरुद्ध पार्ने चेतावनी दिइरहँदा सभामुख तथा अन्य राजनैतिक दलहरुले वार्ता बाट समस्या समाधान गर्न प्रयासरत रहे पनि ठोस निश्कर्ष निस्केको छैन ।



प्रतिक्रिया दिनुहोस !