१८ बैशाख २०८१, मंगलबार

उदयपुरमा थप एकमा काेराेना संक्रमण पुष्टी, संक्रमित संख्या ११० पुग्याे

प्रकाशित मिति :  10 May, 2020 7:51 am


काठमाडाैं, २८ वैशाख । 

उदयपुरमा थप एक जनामा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरको भुल्केमा एक महिलामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारले निकालेको विज्ञप्तिमा भनिएको छ,‘ कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या एक छ । जो उदयपुर,भुल्के निवासी ४३ वर्षीया महिला हुनुहुन्छ ।’

यो संगै देशभर कोरोना संक्रमित संख्या १ सय १० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !