२० बैशाख २०८१, बिहिबार

सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल

प्रकाशित मिति :  19 April, 2024 12:43 pm


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी रहेको बताएका छन् । हिजो ९बिहीवार० काठमाडौँमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्य,शिक्षा र स्वास्थ्य उपकरण उत्पादनको क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजश्व वृद्धि,मुलुकभित्रै रोजगारी सिर्जना हुनेमा जोड दिए ।

उनले स्वास्थ्य, शिक्षा र मेडिकल क्षेत्रमा निजी क्षेत्रको लगानी वृद्धि गर्न नहुने जिम्मेवार व्यक्तिहरूले भन्नु गलत भएको बताए । राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन जरुरी रहेको बताए । अध्यक्ष ढकालले आगामी बजेटमा निजी क्षेत्रले दिएका सुझावहरुलाई सम्बोधन गर्न जरुरी रहेको बताए । उनले सरकारले निजी क्षेत्रले दिने सुझाव निजी क्षेत्रको स्वार्थको लागि मात्रै दिने गरेको भन्ने परम्परागत सोचमा परिवर्तन जरुरी रहेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सरकारले लगानी वृद्धि गर्ने वातावरण बनाए मात्रै राजश्व वृद्धि र रोजगारी सिर्जना गर्ने मद्दत पुग्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !